काठमाडौँ । गरिमा विकास बैंकले आफ्ना विदेशमा रहने ग्राहकहरूको पहुँच हुनेगरी मोबाइल बैङ्किङ सेवालाई स्तरोन्नति गरेको छ ।
बैंकले विदेशमा बसी विकास बैंक मार्फत मोबाइल बैङ्किङ सेवा लिन चाहने ग्राहकहरूले बैंकले तोके बमोजिमका कागजातहरू पुरा गरी यो सेवा लिनसक्ने बताएको छ ।
हाल रोजगारी, अध्ययन एवं विभिन्न सिलसिलामा विदेशमा रहेका नेपालीहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेकाले उक्त बैङ्किङ सेवा सुचारु गरेको बताएको ।
साथै, यो सुविधा लिनका लागि ग्राहकले गरिमा डिजि बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको वेब बैङ्किङ पनि सजिलै चलाउन सक्नेछन् ।
बैंकले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट आफ्ना ग्राहकको बैङ्किङ विवरण ९जस्तैस् पिन, पासवर्ड, ओटिपि आदि० माग्दैन तसर्थ फोनकल वा मेसेजको भरमा आफ्नो व्यक्तिगत बैङ्किङ विवरण अरूलाई नबाँड्न समेत अनुरोध गरेको छ ।
प्रतिकृया दिनुहॊस