सनराइज क्यापिटले शेयरधनीका लागि ३० प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौँ । लक्ष्मी सनराईज बैंकको सम्पूर्ण स्वामित्वमा बैंकको सहायक कम्पनीका रुपमा सचालित सन्राईज क्यापिटल लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारण सभा आफ्नै कार्यालय भवन, कमलपोखरी काठमाडौँमा भव्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिक साधारण सभामा प्रस्तुत भएका सामान्य प्रस्तावहरूमा आव २०७९/०८० को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको बासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण प्रस्ताव पारित गरियो तथा आव २०८०/०८१ को लेखापरिक्षण कार्य सम्पन्न गर्न लेखापरिक्षकको नियुक्ति विशेष साधारण सभाबाट गर्ने निर्णय बैंकले जनाएको छ ।

साथै, आ.व. २०७९/०८० को मुनाफाबाट आफ्ना शेयरहोल्डरहरुलाई ३० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरियो । सनराईज क्यापिटलले विगत ६ वर्षमा १५० प्रतिशत नगद लाभांश वितरण गर्न सफल भएको बताएको छ ।

कम्पनीले वर्तमान समयमा आफ्नो इन्भेस्टमेन्ट बैंकिङ्ग अन्तर्गत सेवा विस्तारलाई बलियो र गुणस्तर बनाउँदै गएकोमा हालको मिति सम्म ३११ करोड बराबरको तीनवटा म्युचअल फण्ड संचालन गर्दै आइरहेको र उक्त फण्ड मध्य सन्राइज फस्र्ट म्युचअले आफ्ना चौथौँ सञ्चालन वर्ष सम्म ८५ प्रतिशत (कर सहित) नगद लाभांश लगानीकर्तालाई वितरण गरिसकेको बैंकले जनाएको छ ।

साथै यस कम्पनीले पोर्टफोलियो व्यवस्थापन सेवा अन्तर्गत २०० भन्दा बढी ग्राहकहरूको ५० करोडभन्दा बढीको पोर्टफोलियो व्यवस्थापन गर्दै उक्त ग्राहकहरूको लगानी उद्देश्य पुरा गर्न सक्षम व्यवस्थापकको रुपमा स्थापित भएको बताएको छ ।

उक्त वार्षिक साधारण सभामा विशेष प्रस्तावका रुपमा रहेको सन्राईज क्यापिटल लिमिटेड र लक्ष्मी क्यापिटल लिमिटेड एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा सम्पूर्ण प्रक्रिया पुरा गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी दिने निर्णय गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले गर्‍यो रक्तदान कार्यक्रम

काठमाडौं । प्राइम कमर्सियल बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय कमलपोखरीलगायत प्रादेशिक कार्यालयमा आयोजना …

प्रतिकृया दिनुहॊस