काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैठकका निर्णय सार्वजनिक गरेको छ । रास्वपाले बुधबार बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले गरेको १० निर्णय सार्वजनिक गरेको हो ।
सो पा र्टी सहमतिअनुसार सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय समिति तत्काल गठन गर्न सरकारसँग माग गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले विभिन्न कसुरका कैदीलाई सजाय माफी दिएको विषयमा असन्तुष्टि जनाउँदै रास्वपाले सदनमार्फत सरकारसँग जवाफ माग्ने पनि निर्णय भएको छ ।
साथै ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणको वस्तुनिष्ठ अनुसन्धान हुनुपर्ने माग गरेको छ । रास्वपाले धरान र मलंगवामा भएका घटनाप्रति चिन्ता जाहेर गर्दै सामाजिक सद्भाव कायम राख्न सम्बन्धित सबै पक्षमा अपिल गरेको छ भने चिकित्सकलाई भइरहेको आक्रमणका घटनामा संलग्नलाई कानुनबमोजिम कारबाही हुनुपर्ने बताएको छ। व्यवसायीसँग छलफल गर्ने निर्णय गरेको छ।
हेर्नुहोस् १० निर्णय :-




