यूएईमा नेपाली युवतीबीच विवाद हुँदा छुरा प्रहार, एकजनाको मृत्यु

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा सविता तामाङले चक्कु प्रहार गरी सहकर्मी सिर्जना बरालको हत्या गरेकी छन् । बिहीबार रातिको घटनामा घाइते भएकी बरालको उपचारका क्रममा शनिबार मृत्यु भएको हो ।

गम्भीर घाइते ममता चौधरीको आइसीयूमा उपचार भइरहेको छ । आशा दर्जी र सलिना मगर सामान्य घाइते छन् । अबुधाबीस्थित नेपाली दूतावासका अनुसार कम्पनीको क्याम्पभित्र मदिरा सेवनका क्रममा विवाद हुँदा चक्कु प्रहार भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री