मुक्तिनाथ हिँडेका दुई जना तीर्थयात्री देवघाटमा बेपत्ता

[News from Nepal from News Dainik Latest News of Nepal]

काठमाडौँ । कैलालीको धनगढीबाट मुक्तिनाथ हिँडेका दुई तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । धनगढी उपमहानगरपालिकाले मुक्तिनाथ यात्रामा पठाएका वृद्ध वृद्धासँगै स्वयंसेवकका रूपमा गएका दुई जना तीर्थयात्री देवघाटमा पौडी खेल्ने क्रममा बेपत्ता हुन् ।

लक्ष्मीनारायण मन्दिरबाट स्वयंसेवकका रूपमा मुक्तिनाथ यात्रामा गएका भारतको आसाम घर भएका १९ वर्षीय भोजराज अधिकारी र धनगढीको मिलन चोक घर भएका १७ वर्षीय पङ्कज दाहाल पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

उनकाअनुसार बेपत्ता दाहाल र अधिकारीको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ । धनगढी उपमहानगरपालिकाले १९० जना वृद्ध वृद्धालाई मुक्तिनाथ यात्राका लागि आइतबार पठाएको थियो । धनगढीको लक्ष्मीनारायण मन्दिरले यात्राको संयोजन गरेको जनाइएको छ ।

[News from Nepal]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिकाबाट प्रधानमन्त्री : विपद्का बेला हवाई भाडा महँगो नलिनू

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपदको समयमा हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह …

प्रतिकृया दिनुहॊस