जनताले राजनीतिक नेतृत्वबाट धोका पाएको महसुस गरेका छन् : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक दलहरू व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तन गर्न असफल बनेको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले नेतृत्व जनताको अवस्था परिवर्तनमा चुकेको बताए । ‘जन निर्वाचित संविधानसभाद्वारा संविधान बनाइनु ऐतिहासिक थियो । जनताले हदै सम्मको सङ्घर्ष गरेर नयाँ संविधान बनाएको ८ वर्ष पुगिसकेको छ । तर मुलुकको बागडोर सम्हालेको अहिलेको सम्पूर्ण प्रमुख नेतृत्व व्यवस्था परिवर्तनमा सफल भए पनि जनताको अवस्था परिवर्तनमा चुकेको छ,’ उनले भनेका छन् ।

उनले थप भनेका छन् -‘आज म, विगत ३ दशकको राजनीतिक उतार चढावमा सबै भन्दा पीडा भोगेको रोल्पामा छु । जनताले,राजनीतिक नेतृत्वले धोका दिएको महसुस गरेका छन् । जनताले समृद्धिको ढोका खोजिरहेका छन् । उनीहरूले बुझेका छन् संविधान साधन हो, साध्य होइन । संविधान आफैँमा गतिशील दस्ताबेज हो । हाम्रो संविधानमा धेरै सबल र उन्नत लोकतान्त्रिक पक्षहरू भए पनि केही संरचनागत व्यवस्थाहरूले राज्यलाई बोझिलो बनाएको छ ।’

संविधान स्वयंले नै लोकतान्त्रिक प्रक्रियाद्वारा संशोधनको बाटो खुला राखेको भन्दै उनले लोकतान्त्रिक व्यवस्थाको सदुपयोग गर्दै हाम्रो संविधान देश र जनतालाई समृद्धिको बाटोमा अगाडि लैजाने साधन बनोस् भन्ने कामना पनि गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दार्चुलामा जात्रा हेरेर फर्केका यात्रु सवार जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ७ घाइते

काठमाडौं । दार्चुलाको मालिकार्जुन जात्राबाट फर्केका दर्शनार्थी चढेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । मालिकार्जुन जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डीएसपी प्रकाश दाहालकाअनुसार शैल्यशिखर नगरपालिका-६ को बकजेबलामा म १ ज ३३८ नम्बरको जिप शुक्रबार बिहान ४ बजेतिर दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहॊस