काठमाडौं । नयाँ अवतारमा आयो हुण्डाईको ‘स्यान्ट्रो’ २०१४बाट उत्पादन बन्द भएको स्यान्ट्रो ४ वर्षपछि सन् २०१८मा नयाँ अवतारमा बजारमा आएको हो ।
पहिलो उत्पादनको २० वर्षपछि फेरि स्यान्ट्रो ‘नयाँ जीवन’ लिएर आएको हो । कम्पनीले स्यान्ट्रो कारलाई सन् १९९८ मा पहिलोपटक बजारमा ल्याएको थियो ।
नयाँ स्यान्ट्रो ५ भेरियन्ट र सात रङमा उपलब्ध छ । यसको मूल्य भारतीय बजारमा ३ लाख ८९ हजार ९ सयदेखि ५ लाख ६४ हजार ९ सय भारतीय रुपैयाँसम्म छ । यसमा अटोमेटिक ट्रान्समिसनको सुविधा पनि छ । यसमा ठूलो टचस्क्रीन डिस्प्ले सिस्टम पनि छ ।
तपाईंको प्रतिकृया




