चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाले दिए आवेदन

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा ९ जनाले आवेदन दिएका छन् । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले बिहीबार आवेदकको नामावली प्रकाशन गरेको हो ।

आयोगको उपाध्यक्षमा आवेदन दिनेहरुमा डा. अन्जनीकुमार झा, डा. पियुष दाहाल, डा. प्रमोदकुमार यादव, डा. प्रविण मिश्र, प्रा.डा. मनेनप्रसाद गोर्खाली, डा. विधाननिधि पौडेल, प्रा.डा. संगीतासिंह भण्डारी, प्रा.डा. सुमनकुमार श्रेष्ठको आवेदन परेको छ।

अहिले उपाध्यक्षमा प्रा.डा. श्रीकृष्ण गिरी रहेका छन् । उनले पनि दोहोरिने चाहनासहित आवेदन दिएका छन् ।

आवेदन दिएका ९ जनाको प्रस्तुतीकरण भदौ १७ गते र अन्तर्वाता १८ गते हुने सिफारिस समितिले जनाएको छ ।

उनीहरूले आफ्नो प्रस्तुतीकरण सिफारिस समितिको सचिवालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा भदौ १५ गतेभित्र पेश गरिसक्नुपर्ने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस