दोलखामा डेंगु संक्रमणबाट एकको मृत्यु

काठमाडाैं । दोलखाको बैश्वर गाउँपालिका-३ खानीगाउँको ४० वर्षीया कल्पना राउतको डेंगु संक्रमणबाट मृत्यु भएको छ।

सामान्य ज्वरो आएपछि सोमबार बैतेश्वर अस्पतालमा जचाउन पुगेकी उनलाई परिक्षण गर्दा डेंगु पुष्टि भएको थियो। डेंगुको संक्रमण पुष्टिपछि आइसियुमा राख्नुपर्ने भन्दै बैतेश्वर अस्पतालले कल्पनालाई मंगलबार काठमाडौं रिफर गरेको थियो।

कल्पनाको काठमाडौंको सिनामगंलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको उनका आफन्त इराज राउतले बताए।

सामान्य ज्वरो आएर अस्पताल पुगेकी महिलाको विस्तारै स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि डेंगु पुष्टि भएको केही दिनमै मृत्यु भएको हो। उनका श्रीमान, एक छोरा र एक छोरी रहेका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्षेत्रीय विद्युत व्यापारमा ढोका खुलेको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षेत्रीय विद्युत व्यापारमा नेपालको ढोका खुलेको बताएका छन् । …

प्रतिकृया दिनुहॊस