क्रिकेट टिमलाई सान्त्वना दिदै बालेनले भने- सफलताका लागि हारका माला लगाउनै पर्छ

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले पाकिस्तानसँग हार बेहोरेको नेपाली क्रिकेट टिमलाई सान्त्वना दिदै सफलताका लागि हारको माला लगाउनै पर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बालेनले पाकिस्तानसँगको सिकाईले भारतसँगको खेल सहज हुने बताएका छन् ।

हामीले हिडेको बाटो गलत नभएको बताउदै सफलता हासिल गर्न हारका मालाहरु लगाउनै पर्ने बताएका छन् ।

उनले भने- ‘बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रीय खेलाडि, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन ।’

बालेनले भनेका छन्-

एकपल्ट नेपालका सर्वकालिक खेलाडि पारस खडकाज्युसँग कुरा भएको थियो मेरो । उहाँ भन्नु हुन्थ्यो, ‘२००८ ताका हामीलाई युएईको बलरसँग खेल्न एकदम गाह्रो हुन्थ्यो । बलको पेस र स्विङले गर्दा बल कहाँदेखि आउथ्यो हामीलाई थाहा नै हुन्न थियो । हामी उनीहरुसँग खेल्दै गयौँ । सिक्दै गयौँ । अहिले एसोसिएट देशहरुमा हाम्रो अवस्था फरक छ ।

हिजो पाकिस्तानसँगको खेल पनि हामीले देख्दा पारसजीले भने जस्तै रहेको देखियो । हामीलाई पाकिस्तानी खेलाडिका तिव्र बलको सामना गर्न अलिक मुस्किल नै पर्यो । बाबर आजम जस्ता खेलाडिलाई बलिङ गर्नु पर्दा हाम्रा खेलाडिहरुलाई सुरुवातमा केहि धक रहे जस्तो देखियो । तर हामीले हिजोबाट सिकाइको नयाँ चरण भोग्यौँ । त्यो सिकाइले हामी भारतसँग खेल्न केहि सहज बनाउनेछ । अझै यस्तै विश्वस्तरिय टिम र खेलाडिहरुसँगको सिकाइले केही बर्षमा नै युएईहरुसँग सिकेर हामीले एसोसिएट मुलुकसँग राम्रो खेल्न सके जस्तै भारत,पाकिस्तान जस्ता देशहरुसँग पनि अवश्य राम्रो गर्ने छौँ ।

बाटो लामो छ तर सफलताका लागि हिड्नु पर्ने बाटो यहि हो । लगाउनु पर्ने हारहरुका मालाहरु पनि यीनै हुन् । प्रीय खेलाडि, व्यवस्थापक र समर्थकहरु ! हामी हिडेको बाटो गलत छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

प्रतिकृया दिनुहॊस