दुईतर्फी खुल्यो मुग्लिन-नारायणघाट सडक

काठमाडौँ । पहिरो खसेर अवरुद्ध भएको मुग्लिन–नारायणघाट सडक खण्डको दुईतर्फी बाटो खुलेको छ । आज बिहान नाम्सी खोला नजिकै सडकमा पहिरो खसेपछि सो सडक खण्ड एकतर्फी मात्र सञ्चालनमा थियो ।

केही बेरअघि पहिरो पन्छाउने काम सकिएर दुईतर्फी सवारी सञ्चालन भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको हो । पहिरोका कारण करिब २ घण्टा सवारी आवागमन प्रभावित भएको थियो । त्यसले सो क्षेत्रमा सवारी साधनको चाप केही बढेको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

प्रतिकृया दिनुहॊस