माछापुच्छ्रे बैंकले ल्यायो Priority Pass सुविधा

काठमाडाैँ । डिजिटल इकोनोमी प्रवद्र्धनमा प्रभावकारी भुमिका निभाउदै आएको माछापुच्छ्रे बैंक लि.ले Priority एयरपोर्ट लाउन्ज पास सुविधा ल्याएको छ । जस अन्तर्गत Priority एयरपोर्ट लाउन्ज पास धारकले विश्वको कुनै पनि एयरपोर्टबाट यात्रा गर्दा बिना झन्झट उक्त पासको प्रयोग गरि सरल र सहज तरिकाबाट Priority लाउन्ज प्रिमियम सुविधाको लाभ उठाउन सक्नेछन् ।

यो Priority Pass सुविधा विश्वको सबैभन्दा ठूलो स्वतन्त्र एयरपोर्ट प्रिमियम लाउन्ज सुविधा हो, जस अन्तर्गत कोलिन्सन ग्रुप, यु.के. (UK)ले व्यवस्थापन गरेको संसारभरका १४० भन्दा बढी देशका ६६० शहरहरुमा अवस्थीत 1400+ एयरपोर्टमा रहेका Airport Lounges हरुमा प्रिमियम लाउन्जको सुविधा लिन सकिनेछ ।

Priority Pass ले उडान गर्नु अघि, Airport Lounges अनुसार सोफामा आराम गर्न र निशुल्क खाना तथा खाजाको आनन्द लिन वा निशुल्क Wi-Fi प्रयोग गर्न लगायत अन्य अतिरिक्त सुविधाहरु सहित लाउन्जको अनुभव प्रदान गर्दछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds