कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालापानीमा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको छ ।
सामुदायिक वनले काठ, दाउरा, ढुङ्गा, ग्राभेल, बाँस बिक्री गरेर आउने रकम खर्चेर सामाजिक क्षेत्रमा लगानी गर्ने गरेको हो ।
सामुदायिक वनले आम्दानीको रकम सडकमा ग्राभेल राख्न, मन्दिर निर्माण गर्न, विद्यालयको भौतिक पूर्वाधार विकास गर्न र विपन्न अवस्थाका उपभोक्ताको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि खर्च गरेको सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले बताए ।
सडकमा ग्राभेल राख्नका लागि रु दुई लाख ५० हजार, भल्का मन्दिरमा पक्की घर निर्माणका लागि रु एक लाख ५० हजार, अन्य मन्दिर मर्मत गर्न रु ४० हजार, धर्म जनता माध्यमिक विद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि रु दुई लाख ५० हजार रकम खर्चिएको तथा विद्यालयमा कम्प्युटर खरीद गर्न, विद्यार्थी पोशाक, झोला र फर्निचरका लागिसमेत आवश्यक रकम उपलब्ध गराउँदै आएको उनले बताए ।
उनले सामुदायिक वनको कमाइबाटै स्थानीय उपभोक्तालाई जङ्गली जनावरले बालीनालीमा गर्ने क्षति कम गर्नका लागि दुई दशमलव पाँच किलोमिटर क्षेत्रफलमा रु २४ लाख खर्च गरेर आधुनिक जालीयुक्त तारबार गरिएको बताए ।
प्रतिकृया दिनुहॊस