काठमाडौँका यी क्षेत्रमा हुँदैछ शनिबार विद्युत सेवा अवरुद्ध

काठमाडाैँ । काठमाडौँका विभिन्न क्षेत्रमा शनिबार विद्युत् सेवा अवरुद्ध हुने भएको छ। लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले टेकु सबस्टेसन स्तरोन्नति गरी टेकु-स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने गरी कार्य भइरहेकोले काठमाडौँका विभिन्न ५० भन्दा बढी क्षेत्रको विद्युत् सेवा अवरुद्ध हुन लागेको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार स्युचाटार सबस्टेसनबाट आपूर्ति भइरहेका विभिन्न फिडरहरूमा बिहान १० बजेदेदि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने छ।साथै सम्बन्धि त टेकु, बालाजु, केटू र केथ्री सबस्टेसनबाट आपूर्ति हुने केही क्षेत्रहरूको विद्युत् सेवा आपूर्ति प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ। निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने छ ।

कहाँ हुँदै छ विद्युत् सेवा अवरुद्ध ?

Nepal Bidhut1692320023.jpg

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि ओड ५ लाख धरौटी बुझाएपछि छुटे

वैवाहिक बलात्कार सम्बन्धी मुद्दामा प्रहरीमा आत्मसमर्पण गरेका नेपाल आइडल विजेता रवि ओड धरौटीमा रिहा भएका छन् । जिल्ला अदालतमा बिहीबार भएको थुनछेक बहसपछि ओडलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश भएको थियो ।

प्रतिकृया दिनुहॊस

This will auto close after