डा. चन्द्र भण्डारीको हातको शल्यक्रिया सफल

काठमाडौं – प्रतिनिधि सभाका सांसद एवं नेपाली कांग्रेसका नेता डा. चन्द्रकान्त भण्डारीको हातको शल्यक्रिया सफल भएको छ । कीर्तिपुर अस्पतालमा बुधबार बिहानदेखि सुरु गरिएको नेता भण्डारीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

गत ४ फागुनमा उनको घरको भान्छाकोठामा विस्फोट हुँदा उनी जलेर गम्भीर घाइते भएका थिए । भारतमा उपचार गरी फर्किएका उनको हातको शल्यक्रिया गर्नुपर्ने भएको थियो । प्राडा बिडि झाको नेतृत्वमा रहेको ११ जनाको चिकित्सक टोली उनको हातको शल्यक्रिया उपचारमा खटिएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री