हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०-२०’ निष्कासन हुने

काठमाडाैं । नेपाली पुँजी बजारमा नवीनतम् लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तगर्तको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्कासन हुने भएको छ । यस योजनाको लगानी व्यवस्थापन, धितोपत्र बोर्डबाट इजाजत प्राप्त, हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले गर्नेछ ।

सन १९९३ मा स्थापना भई बिगत ३० वर्षदेखि आफ्ना ग्राहक वर्गमा विभिन्न सेवा प्रदान गर्दै आएको हिमालयन बैंक लिमिटेड देशको अग्रणी वित्तिय संस्थामध्ये स्थापित हुन सफल रहेको छ । कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले यस सामुहिक लगानी कोषको व्यवस्थापन राष्ट्रिय तथा अन्तराष्ट्रिय पुंजी बजारको नवीनतम् तथा उत्तम अभ्यासहरू अपनाई गर्नेछ ।

यस योजनाको प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरले दश करोड इकाईले हुन आउने कूल एक अर्ब रुपैंया बराबरको हुनेछ । जसमध्ये न्यूनतम एक करोड पचास लाख इकाई वा कूल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईहरू कोष प्रवर्द्धक हिमालयन बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम आठ करोड पचास लाख इकाईहरू स्वीकृत विवरण पुस्तिकाको शर्त अनुसार सार्वजनिक रूपमा साउन ३२ गतेदेखि छिटोमा भदौ ४ गते सम्म निष्कासन तथा बिक्री खुल्ला हुनेछ ।

योजनाको कुल लगानीमध्ये ८० प्रतिशत) पुँजी तथा वित्त बजारका दीर्घकालीन लगानीमार्फत कम्पाउन्डिङ्ग प्रतिफल सहितको मुनाफा आर्जन गर्ने तथा बाँकी २० प्रतिशत) पुँजी तथा वित्त बजारको उतार चढाबमा प्रतिबिम्बित भई सक्रिय लगानी व्यवस्थापन गर्ने सिद्धान्तको आधारमा संचालन गरि लगानी कर्ताहरूलाई उच्चतम प्रतिफलको अनुभव प्रदान गर्ने गरि संचालन गर्ने कोष व्यवस्थापक, हिमालयन क्यापिटल लिमिटेडले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस