बर्दिवास । महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका दलितले पहिलोपटक सामूहिकरूपले दशै मनाउँदै टीका लगाएका छन् ।
बस्तीकी अगुवा ७० वर्षीया मानकी सादाको हातबाट टीका र जमरा लगाउँदै ५० घर मुसहरले शुक्रबार सामूहिक दशैँ मनाएका हुन् ।
यसअघि कहिल्यै टीका लगाएर दशैँ नमनाएका मुसहरले यसपालि सांस्कृतिक सद्भाव र आपसी मित्रता मजबुत बनाउने उद्देश्यले सामूहिक टीका लगाइएको बस्तीका दलितको भनाइ छ ।
घटस्थापनाका दिन ५० घर मुसहरले एकैठाउँमा सामूहिक जमरा राखेका थिए ।
यॊ पनि हेर्नुहॊस
सप्तकोशी नदी किनारमा महिला र पुरुषको शव फेला
काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोशी नदी किनारामा एक महिला र एक पुरुषको शव फेला …
प्रतिकृया दिनुहॊस