कृषि विकास बैंकको नाफा ४५.९८ प्रतिशतले बढ्यो

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ७७ करोड ३३ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष बैंकको खुद नाफा ४५ दशमलव ९८ प्रतिशत बढी भएको हो ।

अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ८९ करोड ९८ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य नाफा भने गत वर्ष कम भएको छ । अघिल्लो वर्ष ३ अर्ब ५२ करोड १७ लाख रूपैयाँभन्दा बढी रहेको वितरणयोग्य नाफा गत वर्ष २ अर्ब ७१ लाख रूपैयाँभन्दा बढी मात्र रहेको हो ।

गत वर्ष बैंकको इम्पेयरमेन्ट चार्ज कम रहेको छ । अघिल्लो वर्ष ९९ करोड २७ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज गत वर्ष ९१ करोड ९१ लाख रूपैयाँभन्दा बढी रहेको छ । सञ्चालन नाफा भने गत वर्ष २६ प्रतिशतभन्दा बढी रहेको छ । अघिल्लो वर्ष ३ अर्ब ६० करोड ४४ लाख रूपैयाँभन्दा बढी रहेको सञ्चालन नाफा गत वर्ष ४ अर्ब ५४ करोड ४२ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

२ प्रतिशत बोनस शेयर मार्फत पूँजी बढाएर १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार रूपैया रहेको बैंकको रिटेन्ड अर्निग ३ अर्ब ६० करोड ८९ लाख रूपैयाँभन्दा बढी रहेको छ । जगेडा कोष रकम भने ११ अर्ब ७२ करोड ९७ लाख रूपैयाँभन्दा बढी कायम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री