काठमाडौं । माओवादी केन्द्रले तीन महिने अभियानका लागि प्रदेश संयोजकहरूको जिम्मेवारी हेरफेर गरेको छ । काठमाडौँको प्रज्ञा प्रतिष्ठानको सभा हलमा जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘जनतासँग माओवादी’ नामको ३ महिने अभियानका लागि नयाँ प्रदेश संयोजकहरू तोकेका हुन् ।
माओवादी केन्द्रले कोशी प्रदेशका लागि बलदेव खनाल, मधेसमा लीलामणि पोखरेल, बागमतीका लागि जनार्दन शर्मा, लुम्बिनीमा हितमान शाक्य, कर्णालीका लागि मातृका यादव र सुदूरपश्चिम प्रदेशमा डिलाराम आचार्यलाई प्रदेश संयोजक बनाएको छ ।
सम्पर्क विशेषमा गिरिराजमणि पोखरेल र जनवर्गीय संगठनको इन्चार्जमा वर्षमान पुनलाई जिम्मेवारी तोकेको छ ।
तपाईंको प्रतिकृया




