राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमायो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले झण्डै ५ अर्ब रुपैयाँ खुद नाफा गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौँथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा वृद्धि भएकाले नै खुद नाफा बढ्न पुगेको हो । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३२.९४ प्रतिशतले बढेर १२ अर्ब ३५ करोड ८३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको यस्तो आम्दानी ९ अर्ब २९ करोड ५९ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा बैंकले ४ अर्ब ९१ करोड ७१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा अघिल्लो आवको चौँथो त्रैमासको तुलनामा १४.५४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा पनि बैंकले ४ अर्ब २९ करोड २८ लाख २१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकको चुक्ता पुँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ३४ अर्ब ५८ करोड ८९ लाख २३ हजार रुपैयाँ राखेको छ । बैंकको जगेडा कोषको आकार भने अघिल्लो वर्षको तुलनामा दोब्बर वृद्धि अर्थात २.३० गुणाले बढी हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री