एपीएलमा सन्दीपको टिम लिओपार्डस विजयी

काठमाडौं । युएईमा जारी अफगानिस्तान प्रिमियर लिग (एपीएल) क्रिकेटमा सन्दीप लामिछानेले खेलेको टिम नगरहर लिओपार्डसले बल्ख लिजेन्ड्सलाई हराएको छ ।
बुधबार बेलुका भएको खेलमा लिओपार्डसले शीर्ष स्थानको बल्ख लिजेन्ड्सलाई ६ विकेटले हराएको हो ।
युएईको शारजाहमा लिजेन्ड्सले दिएको १३४ रनको लक्ष्यलाई ओपार्डसले १८ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
लिओपार्डसका लागि आन्द्रे फ्लेचरले ४८ रन, साहिदीले अविजित ३१ रन जोडे । लिजेन्ड्सका अहमेद कमवलले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लिजेन्ड्सले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १३३ रन बनाएको थियो । लिजेन्ड्सका लागि रबी भोपराले ३५ रन र डर्विश रासोलीले २७ रन जोडे ।
तर, लिओपार्डसले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीपलाई लिजेन्ड्सविरुद्ध खेलाएको थिएन ।
जितसँगै चौथो स्थानको लिओपार्डसले ८ खेलबाट ६ अंक जोडेको छ । लिजेन्ड्स ६ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा यथावत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री