ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा सात घाइते

चितवन । चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा सात जना घाइते भएका छन् ।
पोखराबाट धादिङतर्फ जाने क्रममा कुरिनटारमा रोकि राखेको ग २ च १७५१ नम्बरको भ्यानलाई बा १ घ ५६५ नम्बरको दूध बोक्ने ट्यांकरले ठक्कर दिँदा ७ जना घाइते भएका हुन् ।
७ जना घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
भ्यानमा दशैं मनाउन हिँडेका परिवार सवार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री