बैतडीमा पहिरोमा पुरिएर आमाछोराको मृत्यु

काठमाडौँ । बैतडीमा पहिरोले घर पुरिदा आमाछोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा ४ वर्षीय रिजन जागरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीकाअनुसार आइतबार राति सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेको थियो ।

पहिरोमा परी अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए ।

पहिरोमा पशुचौपाया पनि पुरिएका छन् । घर पछाडिबाट खसेको पहिरोमा घर पूर्ण रूपमा पुरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री