बाजुरामा खोलाले ट्याक्टर बगायो, चालक बेपत्ता

काठमाडाैँ । बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन् । मार्तडी–कोल्टी सडक अन्तर्गत बडिमालिका नगरपालिका–९ स्थित अनाया खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको जोशीपुर गाउँपालिका–६ का डुबनारायण चौधरी बेपत्ता भएका छन् । आइतबार राति कोल्टी जाने क्रममा अनाया खोलाले से २ त ३२२५ नम्बरको ट्याक्टर बगाएको थियो ।

उक्त ट्याक्टर २० मिटर तल ढुंगामा अड्किएको अवस्थामा भेटिएको छ । चालकको खोजीका लागि टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुरा डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको …

प्रतिकृया दिनुहॊस