कांग्रेस सभापति देउवालाई भेट्दै चिनियाँ नेता

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डलले आज (सोमबार) सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ ।

देउवासँग आज दिउँसो भेटवार्ता गर्ने तालिका तय भएको बताइएको छ । टोलीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेको थियो भने युआन र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भर्चुअल संवाद भएको थियो । प्रधानमन्त्री प्रचण्ड अहिले हाल इटाली भ्रमणमा छन् ।

यस्तै कार्यवाहक प्रधानमन्त्री खड्कासँग चिनियाँ नेता युआन जियाजुनले शिष्टाचार भेटवार्ता गरेका थिए । यस्तै टोलीले हिजै नेकपा माओवादी केन्द्रका नेतासँग भेटवार्ता गरेको थियो । काठमाडौंको होटल द्वारिकाजमा भएको सो भेटवार्तामा दुई देशका कम्युनिेडष्ट पार्टीबीचको सम्बन्धका विविध आयाममा कुराकानी भएको बताइएको छ । भेटमा माओवादी नेताहरूले नेपालको विकास प्रक्रियामा यसअघि चीनबाट हुँदै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा विविध क्षेत्रमा सहकार्य बढाउन आग्रह गरेका थिए ।

चीनले अख्तियार गरेको समाजवादको मोडल नेपालका लागि पनि अनुकरणीय हुन सक्छ भन्दै माओवादी नेताहरूले नेपालको समाजवादको यात्रामा चीनले पनि सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । चिनियाँ पक्षले दुई देशका सरकार, राजनीतिक पार्टी र जनस्तरको सम्बन्ध अझ कसिलो बन्नुपर्नेमा जोड दिएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस