बारा । बारामा मंगलबार गोठमा आगलागी हुँदा करिब साढे तीन लाखको क्षति भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवा आदर्शचोकस्थित जयराम अधिकारीको गोठमा मंगलबार साँझ आगलागी हुँदा करिब साढे तीन लाख बराबरको पराल तथा काठपात जलेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।
आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीको सहयोग तथा जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाको गरी दुईवटा वारुण यन्त्रको सहयोगमा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।
तपाईंको प्रतिकृया




