गोठमा आगलागी हुँदा साढे तीन लाखको क्षति

बारा । बारामा मंगलबार गोठमा आगलागी हुँदा करिब साढे तीन लाखको क्षति भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवा आदर्शचोकस्थित जयराम अधिकारीको गोठमा मंगलबार साँझ आगलागी हुँदा करिब साढे तीन लाख बराबरको पराल तथा काठपात जलेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ ।
आगो प्रहरी, सशस्त्र प्रहरी र स्थानियबासीको सहयोग तथा जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाको गरी दुईवटा वारुण यन्त्रको सहयोगमा करिब डेढ घण्टापछि नियन्त्रणमा आएको थियो ।

बारेमा माेहन सिपाडाेल

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस