नगरप्रहरीलाई निर्देशन- सामान नपोख्नू, आदर गरेर बोल्नू

काठमाडौँ । आदेशको श्रृङ्खला र आचरणका विषयमा नगरप्रहरीलाई ब्रिफिङ गरिएको छ । सहरी व्यवस्थापनका क्रममा व्यापारीहरूसँग अभद्र व्यवहार भएको गुनासो आउन थालेकोले महानगर प्रहरी बलले निर्देशनात्मक ब्रिफिङ गरेको हो ।

यसका लागि सबै क्षेत्रबाट कमाण्डरसहित नगर प्रहरीहरूलाई राष्ट्रिय सभा गृहमा भेला गरिएको थियो । ब्रिफिङका क्रममा बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भने, ‘सहरी सुव्यवस्थाका लागि हामीले गरेका काम र आचरणलाई नागरिकलाई नजिकबाट नियालिरहेका हुन्छन् । सडक व्यापारीको सामान पोखिने गरी कारबाही गरेको जस्ता विषयमा गुनासा आएका छन् । सामान पोखिने गरी कारबाही नगर्नू । नागरिकसँग आदरार्थी शब्दको प्रयोग गरेर बोल्नु ।’

उनले अगाडि भने, ‘कानुनको परिपालना गर्ने गराउने, नागरिकमैत्री व्यवहार गर्ने, अनुशासन र आदेश शृङ्खलाको पालना नगर प्रहरीका अनिवार्य जिम्मेवारी हुन् । यसलाई पालना गर्नू ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस