काठमाडौं महानगरले खुलायो छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम खुलाएको छ । बुधबार एक सूचना जारी गर्दै महानगरले कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको हो ।

महानगरभित्र सञ्चालित कक्षा ११ अध्यापन हुने संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिमा विद्यार्थी छनोट गर्न महानगले आफै परीक्षा लिँदैछ ।

छात्रवृत्तिका लागि बिहीबारदेखि साउन १२ गतेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ । आवेदन महानगरको वेबसाइट वा entrance.kathmandu.gov.np मार्फत अनलाइन आवेदन फाराम भर्न सकिने छ । छात्रवृत्तिका लागि परीक्षा साउन २० गते हुने महानगरको शिक्षा शाखाले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस