बिहीबार कतिमा किनबेच हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बुधबार प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८ सयले बढेर प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ४० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो । बुधबार चाँदी प्रति तोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस