बडादशैँको छैटौँ दिन : अाज कात्यायनीको अाराधना गरिँदै

काठमाडौं । बडादशैँको छैटौँ दिन सोमबार भगवती दुर्गाकी छैटौँ रूप कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्परा छ ।

कात्यायन ऋषिद्वारा पुजित भएकीले यिनको नाम कात्यायनी भएको पुराणमा उल्लेख छ । कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् ।

यिनै सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको प्रसंग दुर्गा सप्तशती (चण्डी)मा आउँछ । कात्यायनीले चार हातमध्ये दुई हातमा तरवार, कमल  लिएकी र दुई हातले अभय र वरद मुद्रा प्रदर्शन गरेकी छिन् । यिनको आराधनाबाट सम्पूर्ण संकट नाश हुने विश्वास गरिन्छ ।

नवरात्रमा नवदुर्गाका साथै महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विशेष पूजा आराधना गरिन्छ । घटस्थापना गरी जमरा राखिएका दशैंघर तथा शक्तिपीठहरूमा यस्तो उपासना चल्ने गर्दछ । यो समयमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा दर्शन गर्न जाने परम्परा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस