कुमारी बैंकले ल्यायो साना तथा मझौला उद्यमी कर्जा

काठमाडाैं । कुमारी बैंक लिमिटेडले ११.११ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यमी कर्जा (एमएसएमई लोन) योजना ल्याएको छ। यस योजनाले देशको अर्थतन्त्रको मेरुदण्ड मानिने साना तथा मझौला उद्यमीहरूको व्यवसाय विकासमा महत्वपूर्ण योगदान पुर्याउने कुरामा बैंक विश्वस्त जनाएको छ।

अहिलेको आर्थिक अवस्थामा न्यूनतम ब्याजमा बिना झन्झट सहज प्रक्रियाबाट पाउन सकिने यस कर्जाले उद्यमीहरुलाई प्रोत्शाहन गर्नका साथै आर्थिक अवस्थालाई सुदृढ पार्न मद्दत गर्ने बैंकको भनाई छ। यस योजनाले साना तथा मझौला उद्यमीहरूको व्यवसाय मार्फत बजारमा स्वदेशी उत्पादनको वृद्धि, स्वरोजगारमा प्रोत्सहानका साथै उत्पादन, रोजगारी, निर्यात वृद्धिमा पनि सहयोग पुग्ने बैंकको विश्वास रहेको छ।

विगत २२ वर्ष देखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा, ४९ एक्सटेन्सन काउन्टर, ३०८ एटीएम तथा ६३ शाखा रहित बैंकिङ्ग ईकाई सहितका सञ्जालहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री