आइएमई पेमा नयाँ अफर : मिस्ड कल गरी क्यासब्याक पाउने मौका

काठमाडौँ । ‘आइएमई पे’ ले ग्राहकवर्गलाई आकर्षक क्यासब्याकको अफर ल्याएको छ । आइएमई पेका अनुसार असार २२ गते शुक्रवार साँझ ६ बजे सम्म ०१–५९७०७६ नम्बरमा मिसकल दिने ग्राहकवर्गले रु ३०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सो नम्बरमा ग्राहकवर्गले एक पटक मिसकल दिन साथ क्यासब्याकका लागि योग्य हुने छन् । जति पटक मिसकल गरे पनि प्रत्येक ग्राहकले रु ३०० सम्मको मात्र क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

उक्त प्राप्त क्यासब्याक शुक्रवार साँझ एस।एम।एस मार्फत ग्राहकवर्गलाई सूचित गराइनेछ भने क्यासब्याकको प्रयोग ग्राहकवर्गले असार २३ शनिवार गर्न पाउने छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

२५ अंकले बढ्यो नेप्से, ४ अर्ब १७ करोडको कारोबार

काठमाडौं । मंगलबार नेप्से परिसूचक २५ अंकले बढेको छ । आज नेप्से २५.८८ अंकले बढेर …

प्रतिकृया दिनुहॊस