सरकारको प्रतिबद्धतापछि शुरु भयो कृषि बीमालेख

काठमाडौं । सरकारले अनुदान दिन रोकेपछि रोकिएको कृषि सम्बन्धी बीमालेख जारी गर्ने कार्य आजबाट शुरु गरिएको छ । नेपाल बीमक संघका महासचिव अशोककुमार खड्काले विज्ञप्ति प्रकाशित गरी जेठ ७ गतेदेखि बीमालेख जारी गर्न बन्द गरिएको प्रति क्षमा मागेका छन् ।

सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमा शुल्कमा क्रमशः अनुदान दिंदै आएकोमा २०७७ सालदेखि करीब ३ अर्ब अनुदान रकम बाँकी थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको अध्यक्षतामा जेठ ३० गते बसेको बैठकले हाल केही रकम उपलब्ध गराई बाँकी रकम उपलब्ध गराउने प्रतिबद्धता जारी गरेकाले आजबाट उक्त कृषि बीमालेख जारी सुचारु गरिएको बीमक संघद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेलाई निरन्तरता

काठमाडौं । शिखर इन्स्योरेन्सको सीईओमा दीपप्रकाश पाण्डेले निरन्तरता पाएका छन् । बिहीबार बसेको सञ्चालक समितिको …

प्रतिकृया दिनुहॊस