निर्मलाको ‘भेजिनल स्वाब’ परीक्षणमै श‌ंका

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको योनिबाट संकलित ‘भेजिनल स्वाब’ परीक्षण पद्धतिमाथि नै राष्ट्रिय मानव अधिकार आयोगले शंका गरेको छ ।

राजधानी दैनिकमा प्रकाशित समाचारमा भनिएको छ, आयोगले चिकित्सकीकय जाँच तथा सबुतहरूको वैज्ञानिक परीक्षणका विषयमा शंका राखेर भेजिनल स्वाब सुरक्षित राख्न प्रहरीलाई निर्देशनसमेत दिएको छ । आयोगले बिहीबार यो विषयमा कानुनी चिकित्सा क्षेत्रका विज्ञसहित डीएनए विज्ञहरूसँग परामर्श गरेको छ ।

त्यसक्रममा प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणप्रति आयोगले शंका जनाएको हो । आयोगले परीक्षणको रिपोर्ट नै मगाएर विज्ञहरूसँग छलफल गरेको छ । आयोगका कार्यवाहक अध्यइा प्रकाश वस्तीले प्राविधिक रूपमा विश्वस्त हुन आयोगले भेजिनल स्वाब सुरक्षित राख्न निर्देशन दिएको बताए ।

‘डीएनए जाँचका प्राविधिक पक्षका विषयमा विस्वस्त हुन आयोगले थप अध्ययन गर्न खोजेको हो’, उनले भने ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कति छ प्रधानमन्त्री प्रचण्डको सम्पत्ति ?

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । …

प्रतिकृया दिनुहॊस