नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । आश्विन नवरात्रको तेस्रो दिन अाज माता दुर्गाको तेस्रो शक्तिस्वरुप चन्द्रघण्टा देवीको पूजाआजा गरी मनाईँदैछ ।

चन्द्रघण्टा देवीको स्वरूप शान्तिदायक कल्याणकारी भएको मानिन्छ। यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र, अस्त्र हुने विश्वास गरिन्छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यिनीलाई चन्द्रघण्टादेवी भनेर चिनिएको हो ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नोटमा चुच्चे नक्सा राख्ने नेपालको एक पक्षीय निर्णय : भारत

काठमाडौं । सयको नेटामा चुच्चे नक्सा छाप्ने नेपालको निर्णयप्रति प्रारम्भिक रूपमै भारतीय उच्चतहबाट प्रतिक्रिया सार्वजनिक …

प्रतिकृया दिनुहॊस