केपी र प्रचण्डलाई स्थानीय नेताको प्रश्न- वामदेवको लागि किन उपचुनाव?

काठमाडाैं । वामदेव गौतमलाई उपचुनावमार्फत् संसद्मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं–७ खाली गराउन स्थानीय नेताले नेकपाका अध्यक्षद्वयलाई सुझाब दिएका छन्।

प्रतिनिधिसभाका सांसद् रामवीर मानन्धरले राजिनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारीपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्।

प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्युच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराएका छन्। उनीहरुले अकस्मात् काठमाडौं–७ खाली गर्ने कुरा आउँदा मतदाता र पार्टी कार्यकर्ता अन्योलमा परेको बताए। तीनै नेताले स्थानीय जनमत र गौतमबारे भइरहेका टिकाटिप्पणी अध्यक्षद्वयलाई सुनाएका थिए।

पाँच वर्षलाई काम गर्ने प्रतिवद्धता जनाएका सांसद्ले बीचमै पद छाड्दा अरु कुनै उद्देश्य लुकेको भ्रम पर्ने भएकाले शीर्ष तहबाटै यसलाई स्पष्ट पारिनुपर्ने उनीहरुको माग छ। उनीहरुले जनमतको हिसावले काठमाडौं–७ सुरक्षित स्थान नरहेको भन्दै उपचुनावमा जाँदा सकारात्मक परिणाम नै आउँछ भन्नेमा ढुक्क हुन नसकिँने विश्लेषण अध्यक्षद्वयलाई सुनाएका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस