‘कभेन्ट्री युनिभर्सिटी इमरसन २०२३’ मा सहभागी हुन १० नेपाली विद्यार्थी बेलायत जाने

काठमाडौं । सफ्टवेरिका कलेजले दश उत्कृष्ट विद्यार्थीलाई बेलायत लैजाने भएको छ। कलेजले कभेन्ट्री युनिभर्सिटी इमरसन २०२३ मा सहभागी हुन विद्यार्थीलाई विदेश पठाउन लागेको हो।

कलेजले प्रत्येक वर्ष विद्यार्थीहरूलाई यस कार्यक्रममा भाग लिन पठाउने गरेको बताएको छ। यस कायक्रमको उद्देश्य विद्यार्थीहरूलाई व्याख्यान कक्षा, कार्यशाला, अनुभव साझेदारी सत्र र समूह छलफलहरू जस्ता विभिन्न गतिविधिहरूमार्फत् युके शिक्षा विधिहरूमा व्यावहारिक, हातेमालो अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्ने रहेको कलेजको भनाइ छ।

क्याम्पस प्रमुख प्रमोद पौडेलले विद्यार्थी बेलायत फर्केपछि उनीहरूले आफ्नो नयाँ सीपको उपयोग गरी आफ्नो संस्थामा राम्रो सिक्ने वातावरण सिर्जना गर्ने बताए। उनले विद्यार्थीहरूलाई सिकाइ अनुभवमा पूर्णतया सहभागिता जनाउन र भ्रमण सफल बनाउन सम्पूर्ण खर्चको साथै सबै जिम्मेवारी कलेजले बेहोर्ने जानकारी दिए।

कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा सफ्टवेरिका कलेजले स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेकाे छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस