काठमाडौँ । राष्ट्रियसभाले पूर्वसांसद मीना पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रियसभाको दोस्रो बैठकले पूर्व सांसद पाण्डे निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो ।
त्यसैगरी बैठकमा उनको निधनप्रति शोक व्यक्त गर्न एक मिनेट मौनधारण पनि गरेको थियो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समेत रहेका स्वर्गीय पाण्डे नेपाली काँग्रेसको तर्फबाट २०४८, २०५१ र २०७४ मा प्रतिनिधिसभा सदस्य साथै २०६४ को संविधानसभा सदस्य रहेका थिए ।
राष्ट्रियसभाको अर्को बैठक जेठ २२ गते सोमबार अपरान्ह एक बजेर १ मिनेटका लागि बोलाइएको छ ।
तपाईंको प्रतिकृया



