काजकिस्तानसँग पराजित हुँदै उपाधि होडबाट बाहिरियो घरेलु टोली नेपाल

काठमाडौं । काजकस्तानले नेपाललाई पराजित गर्दै काभा महिला भलिबलको फाइनलमा पुगेको छ ।

शुक्रबार राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सम्पन्न दोस्रो सेमिफाइनलमा काजकस्तानले नेपाललाई ३-२ सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो ।

काजकस्तानले नेपाललाई ३०-२८, १६-२५, १५-२५, २५-१७ र १५-७ को सेटमा पराजित गरेको थियो ।

अब फाइनलमा काजकस्तानले भारतको सामना गर्ने छ । भारतले आजै सम्पन्न पहिलो सेमिफाइनलमा उज्वेकस्तानलाई सोझो सेटमा ३-० ले पराजित गर्दै फाइनलमा पुगेको हो । भारतले उज्वेकस्तानलाई २५-१७, २५-२० र २५-१५ को सोझो सेटमा पराजित गरेको थियो ।

फाइनल आइतबार हुने छ । त्यस्तै नेपालले आइतबार नै तेस्रो स्थानका लागि उज्वेकस्तानसँग खेल्ने छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री