संसद् बैठकमा आफ्ना ६ सांसदमात्र उपस्थित भएपछि रास्वपाले माग्यो माफी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रतिनिधिसभा बैठकमा आफ्ना सांसदहरूको कम उपस्थिति भएपछि माफी मागेको छ । पटक-पटक संसद्‍मा सांसदहरूको कम उपस्थिति हुने कुरालाई उठाउँदै आएको रास्वपाले सोमबार प्रतिनिधिसभा बैठकमा आफ्नै पार्टीका सांसदसमेत अनुपस्थित भएपछि माफी मागेको हो ।

बैठकको अन्त्यतिर रास्वपाका ६, कांग्रेसका ९, एमालेका ७, एकीकृत समाजवादीका १ सांसद रहेको रास्वपाले जनाएको छ । रास्वपाले सोमबार कम उपस्थिति भएकोमा फेसबुकमार्फत माफी मागेको हाे ।

‘रास्वपाका २१ जनामध्ये जम्मा ६ जना सांसदको मात्रै उपस्थिति भएको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं र यसका लागि आम जनसमुदायसँग क्षमा पनि माग्न चाहन्छौं । आगामी दिनमा यस्तो हुन नदिन हामी पार्टीभित्रै विधि र पद्धति विकास गर्न लागिपरेको बेहोरा सम्बन्धित सबैमा अवगत समेत गराउन चाहन्छौं,’ रास्वपाले भनेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस