दुर्लभ सेतो बाघले चिडियाखाना व्यवस्थापकलाई मार्‍यो!

काठमाडाैं । जापानको एक चिडियाखानामा रहेको दुर्लभ सेतो बाघले चिडियाखाना व्यवस्थापकलाई आक्रमण गरेर मारेको अधिकारीहरूले बताएका छन् ।

उक्त ४० वर्षीय व्यक्ति बाघको पिँजडामा घाँटीबाट रगत बगिरहेको अवस्थामा फेला परेका थिए । उनलाई तत्कालै अस्पताल पुर्‍याइएको थियो र त्यहीँ नै उनको मृत्यु भयो । अधिकारीहरूले चिडियाखानामा भएका चारवटा सेता बाघमध्ये एकले उनलाई आक्रमण गरेको विश्वास गरेका छन् ।

उक्त बाघलाई बेहोश बनाउने सुई हानिएको थियो र पछि उद्धारकर्ता तथा प्रहरी घटनास्थलमा आएका थिए । सोमवार अबेर भएको आक्रमण कागोशिमा शहरके हिराकावा चिडियाखानामा भएको थियो । चिडियाखानाले सेता बाघको कसरी हेरचाह गरिरहेको छ भनी प्रहरीले अनुसन्धान गरिरहेको जापानको क्योदो समाचार संस्थाले लेखेको छ । –बीबीसीबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस