काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १०ः७ को अनुपातमा साविकका शेयरधनीलाई जारी गर्न लागेको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंलाई नियुक्त गरेको छ ।
एनआईसी एसिया क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेल र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
निष्काशन तथा बिक्री प्रबन्धकसँगैै एनआईसी एसिया क्यापिटल पूँजी बजारमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गएको लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिकृया दिनुहॊस