प्रधानमन्त्री मरिनले दिइन् डिभोर्सका लागि निवेदन

एजेन्सी । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले सबन्ध विच्छेदका लागि निवेदन दिएकी छिन् ।

श्रीमान् मार्कस राइकोनेनले १९ वर्षको सबन्धलाई तोड्दै प्रधानमन्त्री मारिनले सबन्ध विच्छेदका लागि निवेदन दिएको जनाएकी छिन् । उनले सो जानकारी आफ्नो इन्स्टाग्रामबाट दिएकी हुन् ।

‘हामीले सँगै सम्बन्धविच्छेदका लागि निवेदन दिएका छौँ । हामी १९ वर्ष सँगै र हाम्रो प्यारी छोरीको लागि कृतज्ञ छौँ,’ मारिनले इन्स्टाग्राममा लेखेकी छिन्, ‘हामी अझै पनि मिल्ने साथी हौँ, एकअर्कालाई माया गर्ने र माया गर्ने आमाबाबु पनि हौँ ।’

उनीहरूका पाँच वर्षकी छोरी छिन् । सिएनएनका अनुसार उनी संसारकै सबैभन्दा कान्छी प्रधानमन्त्रीको रूपमा गत २०१९ मा निर्वाचित भएकी थिइन । तर, यसपटक भएको आमनिर्वाचन परिणाम उनको पार्टीको पक्षमा नआए पछि उनी स्वतः सरकारबाट बाहिरिँदै थिइन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री