काठमाडौँ । नेपाली कांग्रेसबाट बुधबार नियुक्त भएका ३ जना मन्त्रीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बिहीबार दिउँसो उनीहरुले शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले शपथ लिएका हुन् । तीनै जना मन्त्रीले आजै जिम्मेवारी सम्हाल्ने बताइएको छ ।
प्रतिकृया दिनुहॊस