गणेश पाण्डेको ‘को-हजबेण्ड’ले जापानमा पायो एक करोड ३० लाख रुपैंया, क्यानडामा पनि उत्कृष्ट

काठमाडौं । बहुपति प्रथामा आधारित डकुमेन्ट्री ‘सहायक श्रीमान’ (को-हजबेन्ड) ले जापान र क्यानडामा एकसाथ उत्कृष्ट उपाधि जितेको छ ।

जापानको पाँचौ मेहोदा इन्टरनेशनल युथ भुचुअल मिडिया फेस्टिभलमा डकुमेन्ट्रीले अवार्डसहित एक हजार अमेरिकी डलर (एक करोड ३० लाख) पनि जितेको छ । उक्त जानकारी निर्देशक गणेश पाण्डेले सामाजिक सञ्जालमार्फत दिएका हुन् ।

उनले उत्कृष्ट अवार्ड जितेकोमा खुसी व्यक्त गरेका छन् । यसअघि पनि फिल्मले विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितेको छ ।

कर्णाली प्रदेशको हुम्लाको भरगाँउमा छायांकन गरिएको यस डकुमेन्ट्री फिल्ममा जेठो दाइलाई मुख्य श्रीमान र भाइहरूलाई सहायक श्रीमानको रुपमा देखाइएको छ ।

शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्रीले हुम्ला, डोल्पा लगायतका हिमाली क्षेत्रको बहुपति प्रथाको यथार्थलाई चित्रण गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस