ओमानमाथि नेपालको सानदार जित, सन्दीपको विश्व किर्तिमान

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानलाई ८४ रनले पराजित गरेको छ । नेपालले दिएको ३११ रनको लक्ष्य पछाएको ओमानले ४६.३ ओभरमा ९ विकेट गुमाउदै २२६ रन बनाएको थियो । ओमानका खेलाडी अकिब इलयास घाइते भएर ब्याटिंग गर्न नसकेपछि नेपालले खेल ८४ रनले जितेको हो ।

ओमानका लागि मोहमद नदीमले सर्बाधिक ६५ रन बनाए भने सन्दीप गोउडले ४६ रन बनाएका थिए । त्यस्तै आयान खानले २९, कश्यप प्रजापतिले २५, जतिन्दर सिंहले १५, आदील सिंहले १३ र फयाज बटले १९ रन बनाएका थिए । त्यस्तै नेपाली बलर सन्दीप लामिछाने र करण केसीले ३-३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ तथा ललित राजबंशीले एक विकेट लिए ।

यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै ३१० रन बनाएको थियो । यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अहिलेसम्म बनाएको उच्च रन हो । नेपालले यसअघि पीएनजीविरुद्ध टियु मैदानमै मार्च ९ मा २९७ रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले १०८ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै सोमपाल कामीले पनि शानदार ब्याटिंग गर्दै अविजित ६३ रन बनाएका थिए । त्यस्तै भिम सार्कीले ३३, करण केसीले अविजित २९, आरिफ शेखले २९, कप्तान रोहित पौडेलले २३ रन बनाएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले ७, सन्दीप लामिछानेले ८ तथा कुशल भुर्तेल र आसिफ सेखले शुन्य बनाएर आउट भएका थिए । त्यस्तै ओमानका बलर आयान खानले दुई विकेट लिएका थिए भने अन्य सबै बलरले एक एक विकेट लिएका थिए ।

सन्दीपको किर्तिमान
सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ किर्तिमान बनाएका छन् । सन्दीपले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो सय विकेट लिने नयाँ किर्तिमान बनाएका हुन् ।

योसँगै सन्दीपले ४२ खेलमा १०० विकेट लिएर एकदिवसीय क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । यसअघि एकदिवसीय क्रिकेटमा सबैभन्दा कम खेलमा १०० विकेट लिने रेकर्ड रासिद खानको नाममा रहेको थियो ।

ओमानविरुद्ध जारी एसीसी प्रिमियर कप अन्तर्गतको खेलमा सन्दीपले ओमानका आदील शफिकलाई आउट गर्दै यो रेकर्ड बनाएका हुन् । राशिदले ४४ खेलमा सय विकेट लिएर यो रेकर्ड बनाएका थिए । उनले २०१८ को मार्च २५ मा वेस्टइन्डिजविरुद्धको खेलमा यो रेकर्ड आफ्नो नाममा बनाएका थिए । उनले त्यसबेला अस्ट्रेलियाका मार्क स्टार्कको ५२ खेलमा सय विकेटको रेकर्ड तोड्दै आफ्नो नाममा लेखाएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री