काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको दोस्रो चरणको निर्वाचन हुने भएको छ । कुनै उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
अब वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणमा उम्मेदवार उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । रामचन्द्र संघई भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
निर्वाचन समितिका अनुसार, अञ्जनले ३७.९९ प्रतिशत मतभार प्राप्त गरेका छन् भने उमेशलालले ३१.५१ प्रतिशत मतभार प्राप्त गरेका छन् । त्यस्तै प्रतिस्पर्धाबाट बाहिरिएका रामचन्द्र संघईले ३०.४६ प्रतिशत मतभार पाएका छन् । बस्तुगततर्फ अञ्जनले ६.७२ प्रतिशत, उमेशलालले ११.३१ प्रतिशत र रामचन्द्रले १.९६ प्रतिशत मतभार पाएका थिए ।
यसैगरी जिल्ला/नगरतर्फ अञ्जनले २०.६१, उमेशलालले १२.२८ र रामचन्द्रले १७.१० मतभार पाएका थिए । त्यस्तै एशोसिएट्सतर्फ अञ्जनले १०.६६, उमेशलालले ७.९२ र रामचन्द्रले ११.४० मतभार पाएका थिए । अब दोस्रो चरणको निर्वाचन आजै ३ बजेदेखि हुने भएको निर्वाचन समितिले जनाएको छ ।




