काठमाडौंको हितमा काम गर्न नसके सिंहदबार अरु पालिकामा सारे हुन्छ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार र राजधानीलाई अर्कै पालिकामा सार्न चुनौती दिएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहले काठमाडौँको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न भनेका हुन् ।

उनले लेखेका छन्, ‘कि काठमाडौँको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस् । हामी काठमाडौँवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् । हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हैन ।’

पछिल्लो समय बालेन शाहले महानगरलाई संघीय सरकारले सहयोग नगरेको भन्दै आक्रोश पोख्दै आइरहेका छन् । यसअघि १४ वटा कारण देखाउँदै संघीय सरकार अन्तर्गतका सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर एक सातादेखि उठाइरहेका छैनन् ।

मन्त्रिपरिषद्को बैठकले भने काठमाडौँका मेयर बालेन शाहको अभिव्यक्ति अराजक र गैरजिम्मेवार भएको भन्दै गम्भिर रुपमा ध्यानाकर्षण गराउने बताइसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री