एसोशिएटतर्फको मतगणना सकिँदा संघाई अग्रता यथावत (मतसहित)

काठमाडौँ । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ । एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा रामचन्द्र संघई अगाडी देखिएका हुन् ।

संघाईले कुल १ हजार ६०० मत गणना हुँदा ६१३ मत ल्याएका छन् । अञ्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छ । संघई अञ्जनभन्दा ४० मतले अगाडी रहेका छन् भने उमेशभन्दा १८७ मतले अगाडी छन् ।

अब जिल्ला/नगर र बस्तुगततर्फको मत गणना हुन बाँकी छ । एसोसियट्सको मतगणना सम्पन्न हुँदा पहिलो चरणमै कुनै उम्मेदवार विजयी हुने सम्भावना कम देखिएको छ ।

जिल्ला/नगर र बस्तुगततर्फको मत गणनापछि अगाडी रहेका उम्मेदवारको ५० प्रतिशत मत नआएमा दोस्रो चरणको मतदान हुने छ । त्यसअवस्थामा तेस्रो हुने उम्मेदवारले समर्थन गर्ने उम्मेदवारले नै जित्ने सम्भावना देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री